खवर संवाद
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वाेच्चको आदेशपछि पहिलोपटक भौतिक रुपमा रास्वपाको केन्द्रिय समितिको बैठक बस्न लागेको छ । दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतद्वारा आदेश सदर गरेपछिको परिस्थितिबारे छलफल हुने बताइएको छ । यसबाहेक पार्टीमा रिक्त रहेका केहि पदाधिकारीहरुबारे पनि रास्वपाले निर्णय लिने बारे जानकारी गराईएको छ ।