अनखबर
जापान काण्डमा मुछिएपछि पक्राउ परेका कोशीका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले प्रहरीलाई सहयोग गर्ने बताएका छन् ।डेराबाट प्रहरीले पक्राउ गरि उनलाई विराटनगर विमानस्थलमा लैजानु अघि उनले आफू कानुन मान्ने मान्छे भएको बताए । उनले भने, ‘म कानुन मान्ने मान्छे हो मैले अनुसन्धानमा सहयोग गर्नु पर्छ । उनले संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई फसाइएको बताए । ‘गल्तीले गर्दा दलालको फन्दामा परे ।,’ उनले भने, ‘अनुसन्धानलाई पूर्णतचा दिन म आँफै जाने तयारीमा थिए ।’