नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा तोलामा ३ सयले वृद्धि भइ आज सुनको मूल्य तोलामा १ लाख ७१ हजार कायम भइ कारोबार भइरहेको छ । हिजो सुनको प्रतितोला मूल्य १ लाख ७० हजार ३ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । हिजो चाँदीको प्रतितोला मूल्य २ हजार १ सय २० रहेकोमा आज मूल्य गिरावट आइ २ हजार ९० कायम भइ कारोबार भइरहेको छ ।
पछिल्ला दिनहरुमा नेपालमा सुनको मूल्य अत्यधिक मात्रामा बढिरहेको छ ।
विश्व बजारमा आएको गिरावटलाई हेर्दा सुनको नेपाली मुल्य २ देखी साढे दुई लाख सम्म पुग्न सक्ने आकलन बजारले गरेको छ ।