गण्डकीका कास्की, गोरखा र स्याङजामा अभियान सुरु
अनखबर/ गण्डकी
नेपाल कम्युनिष्ट पार्टीनिकट युवा सङ्गठन युवा सङ्गठन नेपाल ले सी जातीलाई कानुनी मान्यता दिनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ । देशब्यापी रुपमा सुरु गरिएको अभियानले समग्र सी जातीलाई कानुनी मान्यता दिनुपर्ने माग समेत राखेको छ । 
यता गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुले पनि उक्त हस्ताक्षर अभियानलाई सुरु गरेका छ्न । गोरखा, कास्की र स्याङजा जिल्लाले सोमबार औपचारिक उद्दघाटन गर्दै अभियानको सुरुवात गरेका हुन । ३ दिनसम्म चल्ने अभियानको नेतृत्व युवा सङ्गठनले गर्ने र यसलाई देशब्यापी रुपमा अगाडी बढाउने सङ्गठनको केन्द्रीय सचिवालय सदस्य रन बहादुर सी ले जानकारी दिए । 
यता कास्कीको पोखरमा आयोजित हस्ताक्षर अभियानमा जनसहभागिता उत्साहाजनक रहेको छ, हस्ताक्षर अभियानसगै धेरैले सी जातीको अभियानप्रती चासो समेत राखेका छ्न । यस्तै यता स्याङजाको वालिङमा पनि युवा सङठनले हस्ताक्षर सुरु गरेको जिल्ला सेक्रेटरी दुर्गा सी ले जानकारी दिनुभएको छ । 
युवा सङगठनको केन्द्रीय समितिको निर्णय बमोजिम उक्त हस्ताक्षर अभियान सुरु भएको हो । नेपाल कम्युनिस्ट पार्टी ले परम्परादेखि चल्दै आएका पुराना जातिहरूको अन्त्य गरी नयाँ मानव जाति निर्माण गर्न साम्यवादी जाति निर्माण गर्ने हरेकले नामको पछि सी लेख्ने निर्णय नबौ महाधिवेशन (२०७९ असोज २५- कार्तिक २) ले गरेको थियो ।