बैशाख २९, रुपन्देही
लियो ३२५ पि नेपालको अध्यक्षमा श्रद्दा कुँवर निर्वाचित हुनुभएको छ ।
शनिवार तिलोत्तमास्थित शन्करनगरको होटल र्याडिसनमा सम्पन्न अधिवेशनबाट जिल्ला ३२५ पी नेपालको सन २०२४-२०२५ को लागी कुँवर निर्वाचित हुनुभएको हो । सन २०१५ बाट निरन्तर लियो क्लब मा लागी सामाजिक काममा सक्रीय कुँवर गत बर्ष लियो क्लबको उपाध्यक्ष हुनुहुन्थ्यो । देवदह ५ खैरेनी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक सस्थामा क्रीयाशिल हुनुहुन्छ ।
निर्वाचित भएसगै लियो ३२५ पि नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी कार्ययोजनासहित अगाडी बढाउने प्रतिबद्दता अध्यक्ष कुवँरले गर्नुभएको थियो ।