अनखबर
बुटवलः नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल शर्माले समाजवाद स्थापनाको लागि जनपक्षिय सञ्चार माध्यमहरुले भूमिका खेल्नुपर्ने बताएका छन् ।
बिहीबार बुटवलमा जनप्रचार तथा प्रकाशन प्रा.लि.द्वारा आयोजित “वर्तमान राजनीतिक, आर्थिक संकट र त्यसमा सञ्चारको प्रभाव” विषयक अन्तर्कृया कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमाथि वक्ताहरुले गरेका प्रश्न तथा टिप्पणीको जवाफ दिदै जनप्रचार तथा प्रकाशन प्रा.ली.का अध्यक्ष समेत रहेका शर्माले राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारहरुको विगतमा पनि महत्वपूर्ण भूमिका रहेको र अबपनि समाजवादी आन्दोलनको अग्रमोर्चामा पत्रकार जगत रहनुपर्ने बताए ।

जसरी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले राजतन्त्रको विरुद्ध धावा बोल्दै गणतन्त्रको पक्षमा उभिए त्यसैगरी अहिले नेपालको दलाल पुजीवादी व्यवस्थालाई फालेर समाजवादी व्यवस्था स्थापना गर्न समाजवादको पक्षमा बहस छेड्नुपर्ने बताए ।
उनले भने, नेपालमा हुने हरेकखाले उत्पीडन, सामान्तवादको ज्यादतीका विरुद्ध, परिवर्तनको आन्दोलनमा मिडियाहरुको महत्वपूर्ण योगदान रहेको छ । अहिले नेपालमा दलाल पुजिवाद र साम्राज्यवादले विभिन्न बहानामा नेपालको स्वाधिनता, राष्ट्र राष्ट्रियतामाथि आफ्नो हस्तक्षेप बढाएर सबै क्षेत्रमा कृतिम संकट निम्त्याउदै देशको सम्पूर्ण क्षेत्र कब्जा गरेर स्वाधिन देशलाई साम्राज्यवादको गुलाम बनाउन आफ्नो विश्वासिला एजेन्ट खटाइरहेको छ र देशको आर्थिक, राजनीतिक संकट नित्याउदै छ । आजको मूल जड नै यही हो ।”

त्यतिमात्र होइन नेपाको वर्तमान व्यवस्था नै साम्राज्यवाद र दलाल पुजिवादबाट निर्देशित छ यस्तो अवस्थामा देश नै नरहने खतरा छ । यसको समाधान समाजवाद बाहेक अरु कुनै व्यवस्थाले गर्न सक्दैन । यदी सही समयमा विगतको इतिहास सम्झिदै मिडिया, मिडिया सम्वद्ध पत्रकार, विभिन्न दलका शुभेच्छुक संघसस्थाहरुले दलिय स्वार्थभन्दा माथी उठेर समाजवादको पक्षमा बहस छेड्नुपर्छ ।”

नेपालमा दलाल पुजिवादको व्याख्या र अहिले नेपालमा देखिएको आर्थिक संकटप्रति लक्षित गर्दै श्रीलंकाको टापु किन्ने पैसा विनोद चौधरीसँग हुने तर नेपाल दिनप्रतिदिन आर्थिक संकटमा फस्ने यही होइन दलाल पुजिवाद भन्दै वक्ताहरुको जिज्ञासा मेटाउनुका साथै प्रश्न समेत गरे ।
नेपालमा आर्थिक संकट छ तर यो नियोजित रुपमा सिर्जित संकट हो । यसको मूल जड कम्युनिस्ट आन्दोलनले सत्ता जन्माउनु तर मजदुर नजन्माउनु हो । परनिर्भर बनाउनु हो उनले भने ।”
नेपालमा राजतन्त्रको चरण दमन शोषण चलिरहेको अवस्थामा जसरी दलिय स्वार्थबाट माथी उठेर नेपाल पत्रकार महासंघ गणतन्त्रमा जाने निर्णय गर्यो त्यसपपछि सबै राजनीतिक दल समाहित भएर एकै ठाउँ उभिन बाध्य भए त्यो ऐतिहासिक निर्णय थियो अबपनि त्यही स्तरमा मिडिया पत्रकारहरुले सोच्ने र नेपाली विशेषताको समाजवादका पक्षमा कलम चलाउनेमा विश्वस्त रहेको धारणा समेत व्यक्त गरे ।
नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको अवधारणापत्रमाथि बरिष्ठ अधिवक्ता दिल सहानी ,रासस का पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाईं, विविसि नेपाली सेवाका पत्रकार माधव नेपालले टिप्पणी गरेका थिए ।
उद्योग वाणिज्य महासंघ बुटवलका कार्यबाहक अध्यक्ष सुरज भट्टराई, शुद्दोधन गाउँपालिकाका पूर्व अध्यक्ष किशुनचन्द्र चौधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, प्रेस सेन्टर नेपालका रुपन्देही अध्यक्ष बिष्णु पोखरेल, प्रेस युनियनकी उपाध्यक्ष कल्पना तिवारी,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, समाजवादी प्रेस संगठनका अध्यक्ष विनोद परियार लगाएतले आफ्नो धारणा राखेका थिए ।

जनप्रचार तथा प्रकाशन प्रा.लि.का प्रबन्ध निर्देशक तथा नेकपाका केन्द्रीय सदस्य सन्जिव सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जनपत्रिका मासिकका प्रधानसम्पादक प्रकाश डुम्रेले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य जनपत्रकार संगठन नेपालका रुपन्देही संयोजक विनोद खनालले राखेका थिए ।