अनखबर
हिजोमात्रै सुन प्रकरणको पुरानो फाईल खोल्न गृहमन्त्रालयको गोप्य निर्देशनका आधारमा कृष्णबहादुर महरालाई समात्ने योजनामा थाहा पाएपछि महराले काठमाडौं छोडेका थिए । प्लेनबाट जाँदा झनै पक्राउ परिने खतरा देखेपछि उनी बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडी लिएर आफ्नो सहयोगीसहित दाङ कार्यक्रम रहेको भन्दै दाङ आएका थिए । उनी गाडी प्रयोग गरेर आएको सुईको प्रहरीले पाईसकेको थियो । उनलाई लुम्बिनी प्रदेश प्रवेश गर्ने वित्तिकै बर्दघाटबाटै प्रहरीले पिछा गरिरहेको थियो, प्रहरीले दुई ठाउँमा रोकेपनि गाडी नरोकी उनी कुदेका थिए ।
लुम्बिनी–तौलिहवा रोड प्रयोग गरेर गएका उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिका पकडी नजिकै प्रहरीले रोकेको थियो । उनलाई पक्राउ गर्नसक्ने संकेत प्रधानमन्त्री प्रचण्ड स्वंयले समेत दिएका थिए, कपिलवस्तुबाट पक्राउ परेका माओवादी केन्द्रका नेता महरालाई भैरहवाबाट यति एयरमार्फत काठमाडौं लगिएको छ । उनलाई सुन प्रकरणमा पक्राउ गरिएको हो । उनका छोरा राहुल महरा र उनलाई यसअघि नै सुन प्रकरणमा चिनीयाँ टोलीसँग संवाद गरेको आरोप लाग्दै आएको थियो ।