भुपराज न्यौपाने/संवाददाता
मङ्सिर २३ गते शनिबार विहान ९ बजे देखि ११ बजेसम्म मिर्दीको नेचुरल भ्यु पोइन्ट होटलमा वालिङ् नगरपालिकाका पुर्व मेयर दिलिप प्रताप खांण सहित हालका १२ जना वडा अध्यक्षहरुको अनौपचारिक छलफल भयो । छलफलमा मेयर खांणले वालिङ नगरले अगाडि बढाएका १२ वटा गुरुयोजना अलपत्र परेको र यसले सिङ्गो नगरपालिका पछाडि पर्ने भएकोले वडा अध्यक्षहरुलाई सचेत भएर अग्रसर हुन सुल्झाए । एमाले बाट निर्वाचित वालिङ् ६ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठको पहलमा डाकिएको छलफलमा २ वटा वडाका अध्यक्षमात्रै सहभागी भएनन् ।
त्यसको ठिक १ दिनपछि २४ गते नगरपालिकाको कार्यपालिका बैठक राखिएको थियोे । पुर्व मेयर संग छुट्टै बसेर छलफल गरेको सुईको पाएका हालका मेयर/उपमेयर वडा अध्यक्षहरु संग असन्तुष्ट थिए ।
बैठक चलिरहेको बेला उपमेयर कविता तिवारीले एउटा कागजको पानामा योजना र छलफलका एजेन्डा लिएर आएपछि वालिङ् १० का वडा अध्यक्ष सुनिल खनालले यत्रो स्मार्ट सिटीमा अहिलेसम्म नत योजनाको पुस्तिका तयार पारिएको छ,नत व्यवस्थित रुपमा एजेन्डा राखिन्छ भनेर बिषय सुरुवात गरेपछि पुर्वमेयर संग छुट्टै बसेको खबर पछि असन्तुष्ट मेयर उपमेयरले संयुक्त आक्रोश राख्दै वडा अध्यक्ष खनाल विरुद्ध भने- कार्यपालिकाको बैठकमा गुन्डागर्दी ढंगले प्रस्तुत हुने,यो के तरिका हो भन्दै प्रमुख कृष्ण खांण र उपप्रमुख कविता तिवारी झोक्किएको बैठकमा सहभागी वडा अध्यक्षले अकला आवाजलाई बताए ।
मेयर खाण र उपमेयर तिवारीले आक्रोश पोखेपछी बैठकमा सहभागी अधिकांस वडा अध्यक्षहरुले टेबुल ठोकाठोक गर्दै आफ्नो अगाडि रहेको नाम प्लेट भुईमा फाल्दै पानीको बोतल भितामा हानेका थिए ।
सुरुवातमा बलियो संग टेबुल ठोकेका वडा १० का अध्यक्ष खनाल संगै अन्य वडा अध्यक्षहरुले समेत टेबुल ठोक्न सुरु गरेपछि केही बेर बैठकमा हल्ला खल्ला मच्चिएको थियोे ।
वडा बाट सिफारिस गरिएको तथा कार्यपालिकाले निर्णय नै नगरेको योजनाहरु मेयर उपमेयरले मनपरि गरेको भन्दै वडा अध्यक्षहरु आक्रोशित थिए । ५० हजारको योजना माग गरिएका ठाउँमा ६ लाख पारेर नितिगत अनियमितता भएको वडा अध्यक्षहरुले बताएका छन् भने ६ लाखको योजना माग गरिएको ठाउँमा ५० देखि ९० हजार पारेर योजना अलपत्र पार्ने काम भएको आरोप समेत लगाएका छन् ।
बैठकमा नगर प्रमुख खाणंले अध्यक्षहरु संग माफी मागेपछि योजना छनोट र निर्णयमा सबै संग छलफल गरिने बताए पछि बैठक अगाडि बढेको थियोे । मेयर खांणले माफी मागे लगत्तै आफ्नो योजना फेल हुने देखेपछि उपमेयर तिवारीले हस्ताक्षर नगरी बैठक छाडेर हिडेको बैठकमा सहभागी एकजना वडा अध्यक्षले अकलालाई बताए ।केही समय अगाडि कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको पालिकाले अहिले भने बैठकमा हानाहान र ठोकाठोक भएको समेत गोप्य राख्न थालेको छ ।