आईसीसी टी–२० विश्वकप अन्तरगत समूह ुसीु मा रहेको नेपालले आज एशोसिएट राष्ट्र इटालीसँग प्रतिस्पर्धा गर्दै छ । पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।
त्यस कारण सुपर–८ मा पुग्ने आफ्नो सम्भावनालाई कायम राख्न दुबै टोली ूगर या मरूको रुपमा यो खेललाई लिने छन् । यो खेल भारतको वाङ्खेडे रंगशालामा नेपाली समय अनुसार दिउँसो ३।१५ बजे सुरु हुनेछ । इंग्ल्यान्डसँग जितको नजिक पुगेर पराजित भएपछि नेपाली टोलीले विश्वभरबाट प्रशंसा पाइरहेको छ । उक्त खेलबाट प्राप्त अनुभव र आत्मविश्वासलाई प्रयोग गर्दै आजको खेलमा जित दर्ता गर्ने कप्तान रोहित पौडेले बताएका छन् । इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको उनले बताएका थिए । त्यही सिकाइका साथ अझ परिपक्क हुँदै नेपालले अभ्याससहित ३ दिनको आरामपछि समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ ।
आईसीसी टी २० आई वरियतामा २७ औं स्थानमा रहेको भएपनि इटलीविरुद्ध खेल्दा नेपाली टोली सजग हुनु पर्नेछ । किनभने इटली उदाउँदो क्रिकेटिङ राष्ट्र मात्र नभएर अनुभवी खेलाडीहरूले भरिएको टिम समेत हो । अस्ट्रेलियादेखि दक्षिण अफ्रिकासम्म खेलेका खेलाडी इटलीमा छन् । इटलीले विश्वकपको सुरुवाती खेलमा स्कटल्यान्डसँग हार बेहोरेको भएपनि विश्वकपमा आउनुअघि टेस्ट राष्ट्र आयरल्यान्डसहित एसोसियटका उत्कृष्ट नामिबिया र क्यानडालाई पनि हराएको थियो । यसबाट इटलीले विश्वकपमा कुनै ठुलो टिमलाई ‘अपसेट’ नगराउला भन्न सकिँदैन ।
इटलीका अनुभवी खेलाडी एवम् कप्तान वायन म्यानड्सेन काँधको चोटका कारण पहिलो खेलमै घाइते भएर बाहिरिएका छन् । त्यसकारण उनी दोस्रो खेलमा नखेल्ने भएकाले नेपालका लागि केही सहज भने हुन सक्छ । यसैगरी वाङ्खेडे रंगशालामा नेपालले लगातार दोस्रो खेल खेल्न लागेको हो भने इटालीका लागि पहिलो भएकाले नेपालाई खेलमा हाबी हुन थप सहज हुनेछ ।
हेड टु हेड
इटलीसँग क्रिकेटमा नेपालको १३ वर्षपछि फेरि भेट हुँदैछ । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो । उक्त खेलमा नेपालले जित दर्ता गरेको थियो ।
आज हुने खेल यी दुई टोलीबीचको पहिलो टी(२०आई भिडन्त हुनेछ । इटलीलाई पराजित गरे नेपालले टी२० विश्वकपमा १२ वर्षपछि पनि जित हासिल गर्नेछ । विश्वकपअघि आयरल्यान्डसँग टी(२०आई शृंखला खेलेको इटलीले शृंखला गुमाएपनि एक खेल जितेको थियो ।
नेपालको सम्भावित ११ः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने