देवदह । रुपन्देही शुद्धोधनका युवा नेता एव सफल व्यवसायीको पहिचान बनाएका रमेश खनाल पनि नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही –३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित सिफारिस भएका छन् । सामाजिक अभियान्ताको रुपमा समेत सक्रिय युवा व्यवसायी खनाल गगन थापानिकट मानिन्छन् । नेपाली काग्रेसका प्रदेश सदस्य समेत रहेका खनाल युवा प्रतिनिधी हुनसक्ने कांग्रेसनिकटहरुको दाबी छ । क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ बालकृष्ण खाँण , रमेश खनाल, सुशील गुरुङ, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।
यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए ।