बुटवल । प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डिएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार साँझ पक्राउ गरेको हो ।
नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । स्रोतका अनुसार नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेका हुन् ।