जनार्दनलाई रुकुमको सल्ले एयरपोर्टमा युवाहरुले कालो झण्डा देखाएर विरोध गरेका थिए । जनार्दन रुकुम पुगेको बेला पार्टी फुटाएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
जनार्दन शर्मा नेकपा माओवादी केन्द्रबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० गठन गरेका छन् भने माओवादीले विभिन्न दलसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी बनाएको छ ।