काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह का बुबा रामनारायण शाहको निधन भएको छ।
बुबाको निधन सिभिल अस्पतालमा भएको हो, जहाँ उनलाई मुटुको समस्या देखिएपछि भर्ना गरिएको थियो।
मेयर बालेनको सचिवालयका अनुसार, रामनारायण शाहको शरीरमा रगत जमेको थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ ।
उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस भएका थिए । त्यसलगत्तै उनलाई सिभिल अस्पताल पुर्याइएको थियो । उनको शरीरमा रगत जाम भएको र भेन्टिलेटरमा राखिएको थियो ।