बुटवल, असोज ६
विजयादशमीको पहिलो दिन घटस्थापनको दिन पारी बुटवलको योगिकुटीदेखि मगरघाट जाने बाटो तिलोत्तमा ३ त्रिशूलचोकमा “तिनाउ ड्राइभिङ्ग एण्ड ट्रायल सेन्टर” आजदेखि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ ।

यस सेन्टरमार्फत कार, जीप, भ्यान, मोटरसाइकल, स्कुटरका लागि प्रि–टेस्ट सुविधा, सबै प्रकारका लाईसेन्सको अनलाइन फारम भरिदिने सुविधा तथा दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जिरो लेभलदेखि फुल कोर्षसम्म सिकाइने बताईएको छ । आफ्नो सेवा शुभारम्भसङ्गै दशैं–तिहारको अवसरमा सेन्टरले आफ्ना सबै कोर्षमा ३५ प्रतिशत सम्म छुट दिने घोषणा गरेको छ।


“नयाँ वर्ष र चाडपर्वको अवसर पारेर हामीले आधुनिक सुविधा र दक्ष जनशक्तिसहित सेवा प्रारम्भ गरेका छौं,” सेन्टरकी सञ्चालक गीता अर्याल पन्तले बताउनुभयो।
जेन जी विद्रोहका कारण यातायात विभागदेखी जिल्लाका यातायात कार्यालयहरुसम्म पनि आगजानी तोडफोड भएकोले तत्कालै सेवा सुचारु नभएपनि दशैं लगत्तै सेवा सुचारु गर्नेगरी विभागले तयारी गरिरहेको छ ।