बुटवल । नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द हुन थालेका छन् । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारिएको जनाएका छन् ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरिएको जनाएको छ । एनटीसी र वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार अदालतको आदेश र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो ।सरकारले नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि भाइबर, टीकटक, वी टकलगायत प्लेटफर्म भने निरन्तर सञ्चालन हुने छन् ।यी सामाजिक सञ्जाल नेपालमा दर्ता भइसकेकाले उनीहरूलाई सञ्चालन हुन दिइने भएको हो ।बन्द हुने सामाजिक सञ्जाल पनि दर्ता हुन आएकै दिन सुचारु हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
फेसबुक कम्पनी मेटाले पत्र पठाएको भनीपनि त्यसको आधिकारिक पुष्टी भने भएको छैन, अन्य केही देशमा पनि फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द छन् । सरकारको निर्णयबमोजिम १ हप्तासम्म पनि दर्ता गर्न नआएमा सामाजिक सञ्जालहरु दबाबको कारणपनि खोल्नुपर्ने ंपरिस्थिती आउन सक्ने कतिपय विश्लेषकहरु बताउँछन् ।