काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक अंगका ५२ पदाधिकारीको नियुक्ति विवादमा आज निर्णय सुनाउँदै छ।
जेठ १ गते सुनुवाइ सकेको संवैधानिक इजलासले त्यही दिन आजका लागि निर्णय सुनाउने दिन तोकेको हो। माघ ३० गते खोलिएको फाइलमा बल्ल जेठ १ गते सुनुवाइ सकिएको थियो। पछिल्लो समय भने निरन्तर सुनुवाइ गरेर ४ वर्षअघिको विवादको सुनुवाइ आज सुनाउने अवस्थामा सर्वोच्च पुगेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो । सिफारिस हुनासाथ नै प्रश्न उठेपनि सर्वोच्चले करिब साढे ४ वर्ष पुरानो बहुचर्चित विवाद टुंग्याउन लागेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपनाप्रधान मल्ल, मनोजकुमार शर्मा, डा= कुमार चुडाल र डा= नहकुल सुवेदीको इजलासले १ जेठमा मुद्दाको सबै सुनुवाइ सकेपछि आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।