खबर संवाद
काठमाडौं । यातायात व्यवसायीको बन्दको प्रभाव पर्न थालेपछि नेपाल प्रहरीले आज निस्शुल्क बससेवा सुचारु गरेको छ । यातायात व्यवसायीहरु सेवा बन्द गरेपछि प्रहरी निस्शुल्क सेवा सञ्चालन गरेको हो । नेपाल प्रहरीका अनुसार सर्वसाधारणका लागि विभिन्न २ रुटमा नि ः शुल्क बससेवा सञ्चालन हुनेछ । पहिलो रुट अन्तरगत नक्साल–बालुवाटार–टिचिङ–चक्रपथ–नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुतलीसडक–जयनेपालसम्म छ । यस्तै दोस्रो रुट नक्साल–रातोपुल–गौशाला–एअरपोर्ट–कोटेश्वर–ठिमी–सल्लाघारी–सूर्यविनायक–चाबहिल–सुकेधारा–चक्रपथ–टिचङ–वालुटावार रहेको छ ।