बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ मा यसपटक रोचक प्रतिष्पर्धा देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रबाट ३१ जना चुनाबी मैदानमा छन् ।
यहाँबाट नेपाली कांग्रेसबाट हिराबहादुर खत्री, एमालेबाट दधिराम न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीबाट धनश्याम यादव अहिर, रास्वपाबाट शुनिल लम्साल, नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त० बाट रामचन्द्र भट्टारई र जनमत पार्टीबाट निलुकुमारी चौधरी उम्मेदवारको रुपमा रहेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका खत्री देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हुन् । यस्तै नेकपा एमालेबाट उम्मेद्वार बनेका न्यौपाने लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य हुन् । रास्वपाबाट उम्मेद्वार बनेका लम्साल बालेका विश्वास पात्र हुन् । उनी बालेनको कोटाबाट रास्वपाको महामन्त्री हुने चर्चा समेत रहेका पात्र हुन् ।
वि।सं २०७९ को निर्वाचनमा यहाँबाट नेकपा एमालेका छविलाल विश्कर्मा निर्वाचिन भएका थिए । उनी २४ हजार ८८२ मत ल्याएर निर्वाचित भएका थिए । यस्तै स्वतन्त्र उठेका धनश्याम भुसालले २१ हजार ३१८ मत ल्यार उपविजेता बनेका थिए । यस्तै रास्वपाको नरेशकुमार छपाईले १४ हजार १४५ र नागरिक उन्मुक्तिका धनिराम चौधरीले १३ हजार ९६२ मत ल्याएका थिए ।
फागुन २१ गते हुने निर्वाचनमा यहाँबाट यस अहिले विजेता बनेका विश्वकर्मा, उपविजेता भुसाल चुनाबी मैदानमा छैन् । २०७९ को निर्वाचनमा तत्कालिन माओवादी केन्द्र र नेपाली कांग्रेसले स्वतन्त्र उम्मेद्वार धनश्याम भुसाललाई सहयोग गरेका थिए ।
यहाँ नेपाली कांग्रेस, एमाले र रास्वपा आफ्नै चुनाबी जोड घटाउनका लागि रहेको बेलामा नेकपा संयुक्तका रामचन्द्र भटट्राईले सबैलाई चुनौति दिएका छन् । यहाँ नेकपा संयुक्तको जनधार बलियो नभएता पनि रामचन्द्रको आफ्नै विरासत छ ।
वि।स। २०३३ सालदेखि रुपन्देहीको तिलोत्तमा बस्दै आएका भट्टराई जनस्तरमा लोकप्रिय छन् । २०४६ सालदेखि विद्यार्थीबाट राजनीति सुरु गरेका भट्टराईले स्थानीय स्तरमा राजनीतिक भुमिकासँगै कैयौं सामाजिक काम गर्नुका साथै सामाजिक संघ संस्थामा आबद्ध रहि पारदर्शी नेतृत्वदायी भुमिकामा पनि निर्वाह गर्दैै आएका व्यक्ति हुन् । यसकारणले गर्दा रुपन्देही १ मा चुनावी प्रतिस्पार्धा रोचक हुने निश्च्ति छ ।
रुपन्देहीको क्षेत्र नम्बर १ मा ७३ हजार ८ सय ५४ पुरुष, ७२ हजार ९ सय ६८ महिला र २ अन्य गरी १ लाख ४६ हजार ८ सय २४ मतदाता छन् भने यो क्षेत्रमा ४५ मतदान स्थल र १५९ वटा मतदान केन्द्र रहेका छन् ।
निर्वाचनमा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ पर्छ ।