काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा निकोलस भुसाल लगायत पक्राउ परेका छन् । माइतीघरमा ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो । सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको गरेको हो ।


काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायत पक्राउ परेको प्रहरीले जनाएको छ ।
आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।