खबर सम्वाद / पुष २
“हिँड्नु पर्छ देश हाकी, अबको युवा दुःखीको लागि” भन्ने मूल नारासहित सामाजिक सेवामा सक्रिय रहँदै आएको Youth Group of UAE ले दाङको घोराही उपमहानगरपालिका–१९ स्थित श्री बालहित प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

पुष ०२ गते सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई जाडोबाट सुरक्षित राख्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा घोराही उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझी सहभागी थिए।
त्यस्तै, कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लुमाकान्त घर्ती मगर, वरिष्ठ अतिथि राधेश्याम बहादुर मुराउ, विद्यालयका प्रधानाध्यापक केसरमणि वली तथा शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले यस्ता सामाजिक गतिविधिले विद्यार्थीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने र समुदायप्रति जिम्मेवार भावना विकास गर्ने बताएका थिए। उनीहरूले विदेशमा रहेर पनि मातृभूमिप्रति देखाएको Youth Group of UAE को योगदान प्रशंसनीय रहेको उल्लेख गरे।स्थपना कालको छोटो समयमा नै Youth Group of UAE ले सामाजिक सेवामा सक्रीयता देखाएको छ । यो नेपालबाट सम्युक्त ईमिरेट्स अरव (UAE) पुगेका नेपाली युवाहरुको सामजिक सस्था हो ।