२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा ९जेनजी०हरुले प्रदर्शनमा उत्रिएका छन् । स्वतस्स्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्व पुगेका छन् ।

default

सडकका दुवै लेन ढाकेर प्रदर्शन गर्दै उनीहरु बानेश्वर पुगेका हुन् । निषेधित क्षेत्र भएकोले सुरक्षाकर्मीले उनीहरुलाई त्यहाँभन्दा अघि बढ्न दिएको छैन् ।
आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त क्षेत्र निषेधित गरिएकोले उनीहरुलाई अगाडि नै रोकिएको छ । प्रदर्शनका क्रममा जेनजीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन ९भ्रष्टाचार रोक० लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
कतिपय युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् । पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।