बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ । नगरप्रमुख खानको शनिबार ९आज० बिहान ९ बजे निधन भएको हो । लामो समयदेखि मुटुरोग तथा मधुमेहबाट ग्रसित मुसलमानको उपचारका क्रममा निधन भएको वडा नम्बर ९ का वडाअध्यक्ष कमाल अख्तर फकिरले जानकारी दिए।
नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा निर्वाचित मुसलमान आज बिहान अस्वस्थ भएपछि चेकजाँचका लागि लुम्बिनीस्थित लाईफ केयर अस्पतालमा पुगेपछि उपचारका क्रममा निधन भएको वडाअध्यक्ष फकिरले जानकारी दिए ।
उनको पार्थीव शरीरलाई अहिले आफ्नै निवास पडरियामा राखिएको छ । उनको अन्त्यष्टी धार्मिक परम्परा अनुसार साँझ ५ बजे गरिने परिवारले जनाएको छ ।