खबर संवाद
प्रतिनिधिसभाको बैठक २२ जेठ काठमाडौं स्थगित भयो। प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरे।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको संलग्नता मुद्दामा राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका छन्।
आजको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर अवरोध गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत १२ जेठदेखि बैठक अवरुद्ध पार्दैै आएका छन् ।