खबर संवाद
चुनावताका चुनावी प्रचारप्रसारको क्रममा बुटवलका मेयरका प्रत्यासी खेलराज पाण्डेयले ब्लक, भूमिहिन सुकुम्बासी क्षेत्रलाई आफ्नो कार्यकालभित्रमा जसरी पनि जग्गाधनी पूर्जा दिलाउने बताउथे । उनले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा समेत यसलाई समेटेका थिए । नभन्दै उनले चुनाव पनि जिते चुनाव जितेको ३ बर्षे कार्यकाल पनि उनले सक्दैछन्, उनले आफूले प्रतिबद्धता जाहेर गरेबमोजिम नै लालपूर्जा वितरण गर्ने, भूमिहिन सुकुम्बासीहरुको लगत संकलन गर्ने, दर्ता नभएका जग्गाहरुलाई दर्ताको लागी नापजाँच गर्ने लगायतका कामहरु अगाडी बढाईरहेका छन् ।


यसै शिलशिलामा बुटवल १५ मा लामो समयदेखि लालपूर्जाविहिन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ । बिहीबार बुटवल १५ सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । करीब ५०–६० वर्षअघिदेखि बसोबास गर्दै आएपनि पूर्जाविहिन रहेका ४२ घरजग्गाका धनीलाई बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपूर्जा वितरण गरे ।
उनले बुटवलका बुद्धनगर, मजुवा, रानीगन्ज लगायत पारी बुटवलका धेरै ठाउँका जग्गाहरु दर्ता समेत नभएकोले नापँजाँच र दर्ता प्रक्रिया अगाडी बढेको बताए । उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता दिदैं बाकी काम पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको समेत बताए ।
लालपूर्जा वितरण गर्दै उनले बुटवलका अरु धेरै स्थानमा नापजाँच भएर पूर्जा दिन बाँकी रहेका सबैलाई छिटै नै पूर्जा दिने गरी प्रक्रिया अगाडि बढेको बताए । उनले अहिले पनि बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच भइरहेको र प्रक्रिया पूरा गरेका स्थानको पूर्जा दिने गरी काम अगाडि बढेको बताए । लालपूर्जा बाढेपछि स्थानीयहरु हर्षित देखिन्थ, स्थानीयहरुले पनि लामो समयदेखी कुरेको पूर्जा पाएकोमा अब आफ्नै जग्गा भएको महसुस भएको बताए । केही स्थानमा बसोबास र पूर्जाको विवरण फरक परेकोले त्यसको समेत सहजीकरण गरी पूनः नापजाँच गरी पूर्जाको त्रुटि सच्याउने गरी प्रक्रिया अगाडि नगरपालिकाले बताएको छ । नापी कार्यालयसँगको सहकार्यमा सबै क्षेत्रका जमीनको पूर्जासम्बन्धी समस्याहरु समाधानका लागि अध्ययन भएको र छिटै नै काम अगाडि बढ्ने स्रोतले बतायो ।