समाजवादबारे खुला बहस गरौं : विप्लव

बुटवल, जेठ १५ गते ।

बुटवलमा गणतन्त्र  र जनपक्षीय पत्रकारिता बारे अन्तरक्रिया सम्पन्न भएको छ । जनगर्जन मिडिया प्रा. लि.  र जनपत्रकार सङ्गठन नेपाल रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा आयोजित अन्तरक्रिया मा बोल्ने बक्ताहरुले गणतन्त्रको उपलब्धी रक्षा गर्नुपर्ने बताएका छ्न ।

  कार्यक्रममा प्रमुख अतिथी नेकपाका महासचिव नत्रेविक्रम चन्द विप्लव सीले समाजवादका लागि नयां छलफल चलाउनु पर्ने बताएका छन् । देशमा कस्तो खालको समाजवाद स्थापना गर्ने, कम्युनिष्टले भने जस्तो वा विपीको समाजवाद जस्तो वा जनताले चाहेजस्तो समाजवादी वयवस्था कायम गर्ने भन्ने विषयमा नयां बहस चलाउनु पर्ने तर्क गरे ।

 

उनले गणतन्त्रप्रति गौरव रहेको बताउंदै गणतन्त्र आएपछि धेरै राम्राकामहरु प्राप्त गरेका छौ, राजनीतिक क्षेत्रमा गणतन्त्र नयां उपलब्धी हो भने । हजारौ हजारले रगत बगाएपछि गणतन्त्र आएको उल्लेख गर्दै उनले भने – जनयुद्व र जनआन्दोलन नभएको भए गणतन्त्र आउने थिएन । निकै ठूलो त्यागले गणतन्त्र आएको हो । उनले गणतन्त्रको रक्षा गरी अघि बढ्नुपर्ने बताउंदै गणतन्त्र ल्याउनमा शहीद कृष्णसेन इच्छुकको ठूलो योगदान रहेको चर्चा गर्दै कृष्णसेनका अधुरा सपमना पुरा गर्नुपर्ने बताए । क्रान्ति र परिवर्तनका लागि दिलो ज्यान दिनुभएका कृष्णसेन इच्छुक एक निष्ठावान, विश्वासिलो व्यक्ति भएको बताउंदै श्रदाञ्जली अपर्ण गरे ।

अहिलेको राज्य प्रणालिबाट कोही नेपाली खुशी नरहेको बताउंदै यो व्यवस्था जनताको अपेक्षा अनुसार नचलेपछि जनतामा निरासा छाएको बताए । गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउंदै गणतन्त्रमा सही ढंगले काम नभएको र भ्रष्टाचार, बेथिति बढेकाले जनताले विकल्प खोजेपनि गाणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए ।

उनले पुरानो राजनीतिक र आर्थिक संरचना भत्किएको र जनतालाई नयां आधार दिन नसकिएकाले जनता यो राज्य व्यवस्थाप्रति असन्तुष्ट रहेको दावी गरे । अहिलेको दलाल पूंजीवादले जनतालाई सन्तुष्ट बनाउन नसकेको उल्लेख गर्दै सामन्तवादको समुलनष्ट गर्न नसक्नु अहिलेको व्यवस्थाको खराव पक्ष हो भने । महासचिव विप्लवले गणतन्त्रमा भ्रष्टाचार बढेको र जनताले चाहेजस्तो राज्यले सेवा दिन नसकेको बताउंदै स्वास्थ्य, शिक्षा, रोजगारलगायत सबै क्षेत्रमा समस्या देखिएको बताउंदै उनले भने – राज्य सञ्चालकहरुले भने जस्तो केही भएको छैन । युद्व छाडेर माओवादी काठमाण्डौ गएपछि बिग्रेको बताउंदै पुराना पार्टीहरुको पश्चगामी सोंचले मुलुक बन्न नसक्ने बताए ।

समय अनुसार कम्युनिष्ट पार्टी चल्नुपर्ने र पुरानै पाराले अब पार्टी चल्न नसक्ने बताउंदै भने – पुराना पार्टीहरु अब  रुपान्तरण हुन जरी छ । समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द सीले एक पटक जनातको सेवा गर्ने चाहाना रहेको बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले देशलाई संकट पर्दा पत्रकार चाहिने गरेको बताउंदै गणतन्त्र नेपाल पत्रकार महासंघको पूंजी भएकाले गणतन्त्रलाई दीगो बनाउनु पर्नेमा जोड दिए । कृष्णसेन इच्छुकले देखाएको बाटोलाई आत्मसाथ गर्नुपर्ने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य पे्रम सुवेदीले पुराना र पश्चगामी सोंच चिन्तनले गणतन्त्रलाई अगाडी बढाउन नसक्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीले देशलाई अगाडी बढाउन दलाल पंूजीवाद बाधक रहेको बताउंदै नेपालको लागि कस्तो खालको समाजवाद चाहिने भन्नेबारे कसैले खाका तयार गर्न नसकेकाले छलफल चलाउनु पर्नेमा जोड दिए । कृष्णसेन इच्छुकलाई नेपाली सेनाले अमानवीय ढंगले हत्या गरेको स्मरण गर्दै कृष्णसेन निष्ठावान भएको बताए ।

यस्तै कार्यक्रममा अध्यक्षता गर्नुभएका जनगर्जन मिडिया प्रालि का अध्यक्ष प्रकाश डुम्रेले गणतन्त्र मा जनपक्षीय पत्रकारीता सन्कट पर्न नहुने भन्दै गणतन्त्रमाथी धावा बोल्ने शक्तीहरुका बिरुद्द एकजुट भैइ आवाज उठाउनुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताउंदै जनतालाई सीप र उत्पादनसंग जोड्ने गरी बुटवल उपमहानगरपालिकाले काम गरिरहेको बताए । कार्यक्रममा जनपक्षिय पत्रकारीतामा योगदान पुर्याएको भन्दै पत्रकार दीपक विश्वकर्मा र यानेन्द्र जिसिलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा राससका पुर्व अध्यक्ष बालकृष्ण चापागाई,   शैक्षिक ब्यक्तित्व घनश्याम पाठक,  स्वतन्त्रता सेनानी दिल सहानी,  बुटवल उधोग बाणिज्य सघका अध्यक्ष हरी कोईराला,  नेकपाका पोलिट्ब्युरो सदस्य बसन्त सी, नेपाल पत्रकार महासघका अध्यक्ष दिनेश पाण्डे लगायतले मन्तव्य राखेका थिए भने कवी सुमिनाले आफ्नो कृति वागी स्त्रीको आत्मकथाबाट ‘फिलिङ्गो’ नामक कविता बाचन गरेकी थिइन ।

जनपत्रकार सङ्गठन का जिल्ला अध्यक्ष विनोद खनालको सन्चालनमा चलेको कार्यक्रमको स्वागत शिव डुम्रेले गरेका थिए ।