खबर सम्बाद
राष्ट्रीय स्वतन्त्र पार्टी बुटवल उपमहानगर स्थित वडा नम्बर ६ वडा समिति को आयोजनामा चियापान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रिय , प्रदेश, जिल्ला एव क्षेत्र र विभिन्न नगर का नेतागण को बाक्लो उपस्थिति रहेको थियो।
बुटवल उपमहानगरपालिका का रा स्व पा का पदाधिकारि हरु सङ बुटवल नगरको बृहत्तर बिकाश कसरि हुन सक्छ भन्ने बिषयमा अन्तर्कृया भयको छ ।

कार्यक्रम को बारेमा प्रकाश पार्दै बुटवल ६ का सभापति बसन्त ज्ञवालि ले सम्पुर्ण वडाबासि जनता को स्वास्थ्य, शिक्षा गुणस्तरीय र निसुल्क हुनु पर्ने मा जोड दिनु भयो । साथै सामजिक सुरक्षा, सरसफाइ ,स्वच्छ खानेपानी को सहज पहुँच हुनुपर्छ भन्ने भनाइ ब्य्क्त गर्नुभयो । खेलकुद को बिकास , बाटाघाटा निर्माण तथा , स्तरोन्नती , आवस्यक भौतिक सम्रचना निर्माणमा आवस्यक काम गर्नु पर्ने धारणा राख्नुभयो।
उहाले देश को अवस्था नाजुक बन्दै गयको , युबाहरु को बढ्दो बिदेश पलायन , ब्यापक भ्रष्टाचार ले गर्दा देश खंडहर बन्ने जोखिम देखियको ले आफु आफ्नो ब्यबसाय थाति राखेर राज्नितिमा होमियको र अब पनि जनता नजागे देश ले ठुलो सन्कट को समना गर्न पर्न्ने अवस्था आयको बताउनु भयो ।
कार्यक्रम मा बुटवल उपमहानगरपालिका भरिका ओडा सभापतिहरुले आ आफ्ना ओडा का समस्या अनि समाधान का उपाय बरेमा अन्तरक्रिया गर्नुभएको थियो ।
कार्यक्रम मा नगर समिति , क्षेत्र समिति , जिल्ला समिति ,प्रदेश समिति र केन्द्र का नेता हरुले नगर पदाधिकारी हरुका समस्या का सम्बन्ध मा आवस्यक सुझाब सल्लाह दिनु भयो।
कार्यक्रम सचिब नबिन पाण्डेले सन्चालन गर्नुभयको थियो ।