अनखबर
बुटवलको चौराहा–चिडियाखोलाको सडक निर्माणको ठेक्का रद्द गरिएको छ । ठेकेदार कम्पनीले ८ बर्षसम्म पनि काम अगाडी बढाउन नसक्दा ठेक्का रद्द गरी नयाँ टेण्डर आव्हान गरिएको हो ।
२०७३ साल चैत १७ गथे गरिएको ठेक्का सम्झौता अनुरुप तीन वर्षमा सम्पन्न गर्ने गरी द कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा सात वर्षमा जम्मा ५४ प्रतिशत मात्र काम गरेको थियो। ६ लेन सडक अन्तर्गत बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ३।२५ किलोमिटर सडक छ ।
पछिल्लो एक वर्ष सडक निर्माणको कुनै पनि काम अगाडि नबढाए पछि डिभिजन सडक कार्यालय बुटवलले गत वैशाख १३ गते ठेक्का रद्द रद्ध गरेको थियो। डिभिजन सडक कार्यालयले सोही सडकको नयाँ टेण्डर आह्वान गरेको हो। सोही निर्माण कम्पनीसँग ठेक्का रद्ध गरिएको बेलहियादेखि बाइपास सम्मको ७ सय ५० मिटर सडकको पनि नयाँ टेण्डर आह्वान गरिएको छ।
अहिले पुन ५८ करोडमा नयाँ टेण्डर आह्वान गरिएको छ। डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर महेश्वर लम्सालले बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको लागि ४८ करोड र बेलहियातर्फको लागि १० करोड गरी ५८ करोडमा टेण्डर आह्वान गरिएको बताए । अहिले गरिएको टेण्डर आह्वान अनुसार दुबै तर्फको सडकको निर्माण कार्य ६ महिनाभित्र सक्नुपर्ने छ।