अनखबर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो १६ महिने कार्यकालमा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रतिनिधिसभाको दोस्रो ठूला दल एमाले, उनकै नेतृत्वको माओवादी, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादीका सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्रदान गरे। एक सय ५८ सांसद मतदानमा सहभागी रहेकोमा प्रचण्डको पक्षमा एक सय ५७ मत पर्यो भने एक मत तटस्थ रह्यो ।
प्रतिनिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले मतदानमा भाग लिएन । सहकारी ठगीसम्बन्धी छानबिनका लागि संसदीय छानबिन समिति गठनको लागि दबाब दिँदै आएको कांग्रेसले आज पूरै अवधि वेल घेराउ गर्दै नारावाजी गरिरह्यो।