संवाददाता
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका -६ लालुपातेमा झण्डै ३० बर्ष देखि निरन्तर कृषि कर्ममा रमाईरहेका रेशमलाल रेग्मीको कृषि कर्म रहरलाग्दो बन्दै गएको छ । विस २०५२ सालबाट रेशमलालले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।
२०७४ साल देखि समर्पण कृषि फर्म दर्ता गरि फर्म मार्फत कृषि फर्ममा काक्रा ,करेला,घिरौला,काउलि,बन्दा,ब्रोकाउली,प्याज,खुर्सानी,भेन्टा, गोलभेडा,आलु लगायतका विभिन्न मौसमी एवं वेमौसमी तरकारी तथा नर्सरी उत्पादन गर्दै आउनुभएको रेग्मीको छोरी विना रेग्मीले बताईन् ।
रेग्मी परिवारले कृषिबाट वार्षिक १५ लाखसम्म कारोबार गर्दै आएका छन् । रेशमलाल मात्रै होइन कृषि कर्ममा परिवारले पुर्ण सहयोगगरिरहेको छ ।