स्याङजा /  १७ असोज

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले नेपाललाई आफ्नो क्रीणास्थल बनाउन नेपालको जलस्रोत युरेनियम कब्जा गर्ने रणनितिक उद्देश्यसहित अमेरिका एमसिसि मार्फत नेपाल आएको बताएका छ्न

विश्वमा शितयुद्दको समाप्तीपछी मेरिकाले विश्वभर आफ्नो ब्यापारिक साम्राज्य खडा गर्न अविकसित मुलुकमा रहेको प्राकृतिकस्रोत साधन कब्जा गर्दै अन्तत देशलाई आफ्नो उपनिवेश बनाउन मेरिकाले MCC परियोजना अघी सारेको नेता विरहीको भनाई थियो नेकपा स्याङ्जाले स्याङ्जाको वालिङमा एमसीसी परियोजना राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाकास्थायी समिति सदस्य अनिल विरहीले एमसीसी परियोजनाका कार्यकारी प्रमुख एलिस अलब्राईटको भ्रमण खुसियाली उत्सवलाईकालो दिनको संज्ञा दिएका छन्  ।
स्याङ्जाको वालिङमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता विरही द्वारा प्रस्तुत गरिएकोएमसीसी परियोजना राष्ट्रिय स्वाधीनताकोप्रश्नविषयक कार्यपत्रमाथि विभिन्न पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वले धारणा प्रस्तुत गरेका थिए
विरहीले एमसीसी सम्झौता अन्तर्राष्ट्रिय कानुनी विपरीत भएको समेत बताए आफ्नो देशको कानुनको बर्खिलाप सम्झौता भएको भन्दैयसप्रति नागरिक सचेत हुन जरुरी रहेको बताए
कार्यक्रममा नेकपाका पुर्वी गण्डक ब्युरो इन्चार्ज राजन सीले एमसीसी जुनसुकै हालतमा पनि कार्यनयन हुन नदिने दाबी गरेका छन् उनले एमसिसि राष्टघाती रहेको भन्दै जनस्तरबाटै अस्वीकृत गरेर एमसिसि लखेट्नुपर्ने तर्क गरे । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैरेले राष्ट्रियता जनजिविकाका विषयमा मोर्चाबन्दी बलियो बनाउदै लैजानुपर्नेविषयमा जोड दिए यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मीन प्रसाद कोईरालाले एमसीसी सम्झौता खारेजहुनुपर्नेमा जोड दिए
नेकपाका जिल्ला इन्चार्ज सागरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिव डुम्रे स्वागत ध्रुव गौडेलेले गरेका थिए

 भिडियो  :  https://youtu.be/SsdoP4f0YLA?feature=shared