अनखबर/ भाद्र १०

समाजवादी मोर्चा लुम्बिनि प्रदेश घोषणा सभा आगामी भाद्र १२ गते बुटवलमा हुने भएको आज मोर्चाको तर्फबाट आयोजित पत्रकारसम्मेलनमार्फत जानकारी दिदै उक्त्त सभाको तयारी मा मोर्चाका दलहरु जुटेको बताईएको लुम्बिनि को घोषणा सभाकोब्यबस्थापनको जिम्मा विप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टीले लिएको समेत सम्मेलनमार्फत जानकारी गराईएको थियो

  पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पोलिट्बुरो सदस्य एव पुर्वी लुम्बिनि ब्युरो इन्चार्ज बसन्त सीले देशको राजनितिकअबस्था फेरीएको कारण देशमा बिगतमा भएका आन्दोलनको उपलब्धीमाथी प्रहार हुने सम्भावना देश तथा विदेशी शक्तीको चलखेलबढ्न लागेको कारण मोर्चाको आवश्यकता रहेको बताए

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सचिव तथा लुम्बिनि प्रदेश ईन्चार्ज हितमान शाक्यले मोर्चा को मुख्य उद्देश्य सरकारको कार्यक्रमलाईसहयोग गरेर जाने भएको बताउदै उनले तत्काल पार्टी एकताको लागी मोर्चा नभएको कालान्तरमा पार्टी एकताको दिशामा उन्मुखभएको समेत बताए नेता शाक्यले मोर्चा कसैको बिरुद्दमा नभएर बिगतका परिवर्तनहरुको बिरुद्दमा देखिएका षडयन्त्रको बिरुद्दमाभएको बताए

कतिपय बिषयमा मोर्चामा रहेका पार्टीका आफ्ना फरक मत रहेपनी मुख्य बिषयमा मोर्चा साझा धारणामा रहेको नेताहरुले बताएकाथिए सरकारका पछिल्ला कदम,  एमसीसीको मुद्दा,  सम्सदीय अभ्यास लगायतमा केही पार्टीका फरक मत रहेपनी मिल्ने कुराहरुमासाझा धारणा रह्को नेताहरुको भनाई थियो आगामी भाद्र १२ गते बुटवलको अन्तराष्टीय सभाहलमा मोर्चाको प्रदेशस्तरीय घोषणाकार्यक्रम हुनेछ कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड,  माधव नेपाल,  विप्लव,  उपेन्द्र यादव लगायतका नेता सहभागी हुने मोर्चाले जनाएको