आथिर्क बर्ष २०८०/८१ बाट लागू हुनेगरी लुम्बिनी प्रदेशका ३ सहित देशभरका २१ जिल्लामा ट्राफिक भायोलेशन रेकर्ड सिस्टम (टिभिआरएस) सुरु भयो । तर सुरु भएको १ महिना वित्नै लाग्दासमेत मोबाईलको क्यूआर कोड, डिजिटल वालेट वा मोबाईल बैंकिङ् मार्फत स्क्यान गरेर जरिवाना तिर्ने व्यवस्था भएको छैन । यस्ले जरिवाना तिर्नेहरुलाई हैरानी बनाएको छ ।


साउन १ गतेदेखी लुम्बिनीको रुपन्देही, दाङ र बाके जिल्लामा टिभीआरएस अर्थात ट्राफिक भायोलेशन रेकर्ड सिस्टम सुरु गरिएको हो । यसले ट्राफिक जरिवाना तिर्न अब मोबाईल एप अथवा क्युआर मार्फत गर्न सकिने र जरिवाना पद्दती डिजिटलाईज्ड गर्ने विश्वास लिईएको छ । देशमा धेरै सरकारी कार्यालयमा अनलाईन भुक्तानी प्रणाली सुरु भएसँगै ट्राफिक प्रहरीले पनि सुरुमा उपत्यकाका तिन जिल्लामा लागू गरेको थियो । नयाँ आर्थिक बर्षसँगै देशभरका २१ जिल्लामा पहिलो चरणमा विकास गरिएको यो पद्धती भने हालसम्म सहज बन्न नसक्दा जरिवाना तिर्नेहरुलाई शास्ती बनाएको छ।


बाटोमा प्रहरीले चेकिङ गर्दा सवारीको कागजपत्र तथा सवारी चालक अनुमति पत्र नहुने, क्षमता भन्दा बढी भार बोक्ने, अनुमति नपाएको रुटमा सञ्चालन हुने, लगायतमा ट्राफिक प्रहरीले रसिद काटेर पैसा लिने गर्दथ्यो । तर अब नयाँ टिभीआरएस प्रणाली लागू भएपछि उक्त पैसा लिने पूरानो मान्यताको अन्त्य हुनेछ । नयाँ प्रणाली अनुसार ट्राफिकले पहेलो रसिद काटेपछी उक्त रसिदको रकम तिर्नको लागी ट्राफिक कार्यालयको रेकर्डमा सवारीको नम्बर चढ्छ, सोही आधारमा राष्ट्रिय बाणिज्य बैंकमा रकम दाखिल गरेपछि उक्त भौचर ल्याएपछि मात्रै ट्राफिक कार्यालयबाट आफ्नो कागजातहरु प्राप्त गर्र्न सकिन्छ । ट्राफिक प्रहरीले विकास गर्न खोजेको क्युआर प्रणालीले हालसम्म काम गर्न नसक्दा जरिवाना तिर्नेहरुलाई बैंकसम्म जानुपर्ने बाध्यता छ । ईसेवा, मोवाईल बैंकिङ, डिजिटलाईज्ड प्रविधिबाट रसिद काटिएकै ठाउँबाट तिर्न सकिने हुनुपर्नेमा हालसम्म सिस्टम सञ्चालन नहुँदा सेवाग्राहीले बैंक जान हैरानी खेपिरहेको छन् ।


बैंकसँग निश्चित सम्झौता गरी ट्राफिक प्रहरीले लागू गरेको मोबाईल एप्स मार्फत कनेक्ट आईपिएस वा ईसेवा लगायत मोबाईल बैंकिङबाट तिर्न सकिने गरी तयारी गरिएको भएपनि हालसम्म सो प्रणाली लागू हुन नसकेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले अझ केही समय बैंक जानुपर्ने बाध्यता भएपनि प्रणाली विकास भएपछि बैंकको विकल्पमा क्युआर, ईसेवा वा कनेक्ट आईपिएस लागू गर्न सकिने जनाएको छ ।

For VDO : https://youtu.be/dgF7KIWU_Ds