अनखबर /बुटवल
बुटवलस्थित यातायात व्यबस्था कार्यालय आर्थिक चलखेल हुने भनि वदनाम कार्यालयहरुमध्यको एक हो । ‘हाकिम भन्दा पिउन‘ सर्बेसर्वा रहने यो कार्यलयमा कार्यालय प्रमुख भैइ आउन मरिहत्ते मात्रै गर्दैनन , आफ्नो सारा बल र पैसा खन्याउछ्न भन्ने आरोप लाग्छ ।
घटनाक्रम हेर्दा यस्तो लाग्छ, सरुवा रोक्नको लागी यति धेरै पैसा खर्च गर्ने ल्याकत राख्ने कर्मचारी र तिनका पिउन कति पैसा कमाउनयस्तो गर्दा हुन ?
यस्तै स्थिती छ, यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र बुटवल कार्यालय मा , अहिले कार्यालय प्रमुख छैनन । कागजमात्रै हेर्ने हो भने यस्तो लाग्छ की अहिले कार्यलयमा दुईजना प्रमुख छ्न तर नितिगत हेर्दा अहिले कार्यालय प्रमुखविहिन छ । यसअघी कार्यालय प्रमुख रहेका विवादित छवीका केशव अर्याललाई त्यहाबाट सरुवा गर्ने भन्दै २०७९ चैत २८ गते लुम्बिनी प्रदेश मुख्यमन्त्रीतथा मन्त्रीपरिषदको कार्यालयले निर्णय गर्दै वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको थियो । यो हेर्नुस …


मन्त्रीपरिषदबाट निर्णय नै भैइ आएको कयौ दिनपछी भने उनै केशव अर्याल पुन अफिस गएका छ्न । यसकारण की उनले आफ्नोसरुवाको रमाना बुझिसकेका छैनन ।
यता सरुवा भै आएका प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव महेश पाण्डेलाई अर्यालको ठाउमा सरूवा गर्न पत्राचारगरेको छ र सोही अनुसार पाण्डेले स्वास्थ्य मन्त्रालयबाट रमाना लिई मिति २०८०/०१/०६ मा यातायात कार्यालय बुटवल मा हाजिर पनिभएका छन। यो हेर्नुस उनको हाजिरि …

अर्को अनौठो कुरा त के छ भने उनै पाण्डेलाई थाहै नदिई २०७९/१२/२३ मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले बाराकोमहागढिमाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रूपमा सरूवा गरेको देखिन्छ । यो हेर्नुस ………

सोही दिन राष्ट्रिय किताबखानाको अभिलेखमा समेत महेश पाण्डे नगरपालिका मा हाजिर भएको जनाईएको छ तर त्यसबारे आफूलाईकुनै जानकारी नभएको र आफू बारा नगएको पाण्डेले अनखबरसगको कुराकानीमा बताएका छ्न । पाण्डे उक्त दिन पनि साबिककोकार्यालय प्रदेशकै स्वास्थ्य मन्त्रालयमा हाजिर भएका प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको रेकर्डले देखाउछ, यो हेर्नुहोस ………
कर्मचारीको शक्ती को लडाईले यता सेवाग्राहीले मार खेपिरहेका छन । पाण्डेको सरुवा रोकि आफ्नै रमाना खारेज गराउन अर्यालपछिल्लो समय निकै सक्रीय देखिन्छ्न । उनका सहयोगी यातायात क्षेत्रमा वदनामी कमाएका लक्ष्मण पाण्डेयसहित लुम्बिनि प्रदेशसरकारको ढोकामा त कहिले सङीय मन्त्रालयसम्म पुगेका छ्न । नाम नखोल्ने सर्तमा यातायातकै एक कर्मचारीले उनीहरुले ठूलो पैसाकोचलखेल गरी ब्याकडेटको सरुवामा हस्ताक्षर गराएको हुनसक्ने बताए । कर्मचारीको सरुवा हुदा कार्यरत कार्यालयलाई कुनै जानकारीनहुनु, सरुवा भएका भनिएका कर्मचारीलाइ समेत जानकारी नहुनु तर किताबखानाको विवरणमा भने सरुवा भएको देखिनुले यसमा ठूलैसेटिङ्ग र चलखेल भएको बुझ्न यत्ति तथ्यले पुग्छ । सरुवा भैसकेको भए उक्त मान्छेलाई कुन आधारमा स्वास्थ्य मन्त्रालयले रमानदियो, एउटा प्रकृयागत रुपमा सरुवा भएर आउदा पनी यत्रो चलखेल हुनु दुखद भएको प्रदेश सरकारका एक कर्मचारी ब्ताउछ्न ।
निज अर्यालले प्रदेश सरकार परिवर्तन हुनासाथ पुन यातायात सवारी चालक अनुमती पत्र, बुटवलमा आउने प्रयासमा छ्न, उनीअहिलेपनी रमाना बुझेका छैनन । उनी दिनहु कार्यालय पुग्छ्न र कार्यकक्षको कुर्सीमा नबसी सोफामा बसेर बाहिरिने गरेको कर्मचारीलेबताउछ्न । एउटा कार्यालयबाट सरुवा भएर पनी समयमा कर्मचारी हाजिरि हुन नजानु राज्यको निकम्मापनामात्रै नभैइ कर्मचारीकैअराजकता पनी हो , यसले नितिगत भ्रष्टाचार मौलाउछ । अर्कोतिर सरकारी कार्यालयलाई नै प्रभावमा पारी गलत विवरण सार्वजनिकगरिएको देखिनु ले एउटा कर्मचारीको सरुवामा यत्रो ठूलो चासो राख्नु अनुसन्धानको बिषय देखिन्छ ।

यातायात ब्यबस्था कार्यालय सवारी चालक अनुमति पत्र (लाईसेन्स) विगतमा वदनाम कार्यालय मानिन्छ, कहिले करार कर्मचारीकोबिषय त कहिले सर्भरको समस्याले सेवाग्राहीले हैरानी खेप्ने गरेक छ्न । विगतमा अस्थायी ठाउमा अब्यबस्थित ट्रायल सेन्टर रहेकोकार्यालयले हाल बेल्बासस्थित स्थायी र ब्यबस्थित ठाउ बनाएको छ । तर पछिल्लो सरुवामा देखिएको चलखेलले फेरी एकपटकयातायात कार्यालय को विश्वसनीयता माथी प्रश्न उठेको छ ।